देश

कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

बागलुङ, माघ २४–बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी संघ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको संघका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा ३ सय ८० रुपैयाँ र ४ सय रुपैयाँ प्रतिकेजी हुँदै अहिले ४ सय ४० रुपैयाँ पुगेको छ । कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो । कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई ३ सय रुपैयाँमा खरिद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए ।

जिउँदो कुखुरालाई ३ सय रुपैयाँमा खरिद गरेर गोदामभाडा, पसलभाडा तिरेर ४ सय ४० रुपैयाँमा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उनको भनाइ छ । त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा र ५० रुपैयाँ वृद्धि भएको छ । ९ रुपैयाँ प्रतिकेजी खसी÷बोकाको मूल्य १९माघदेखि ९ सय ५० पुगेको हो । अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ । रासस

Featured