देश

नुवाकोट र रौतहटका वडा कार्यालयमा बम विस्फाेट तथा आगजनी

काठमाडौं, साउन १५-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका बेला नुवाकोट र राैतहटका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी भएका छन्।

नुवाकोटको ककनी गाउँपालिका-१ को वडा कार्यालयमा मंगलबार राति बम विस्फोट गराइएको हो। विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण कागजपत्रलगायत सरसामान सबै नष्ट भएका छन्।

बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिए पनि अहिलेसम्म यसको जिम्ममा भने कसैले पनि लिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी मंगलबार मध्यराति अज्ञात समूहले रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा आगजनी गरेको। यो घटनाको पनि जिम्मा कसैले लिएको छैन।

Featured