देश राजनीति

गच्छदारमाथि मुद्दा समग्र मधेसको विरुद्ध : देउवा

काठमाडौं, माघ २४–प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान नेकपा नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रयोग गरेर समग्र राष्ट्रमाथि नै अन्याय गरिरहेको बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै देउवाले विजय गच्छदारमाथि मुद्दा दायर गर्नु कांग्रेस वा गच्छदारमाथिको मात्र अन्याय नभई समग्र तराई मधेसमाथि पनि अन्याय भएको बताए ।

उनले वर्तमान सरकारले उस्तै र उही घटनामा कसैलाई काखा र कसैलाई पाखा गरेको आरोपसमेत लगाए । देउवाले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएर अन्यलाई फसाउने नियत सरकारको रहेको भन्दै यो घोर आपत्तिजनक भएको बताए । उनले युरोपियन युनियन र अन्य विदेशी निकायबाट आउने सहयोग रकममा समेत सरकारले अनियमितता गरेको, यती समूहलाई बचाउ गरेर मुलुकलाई ठूलो नोक्सानी पुर्याएको आरोप पनि लगाए ।

Featured