देश

मोरङका ६ स्थानीय तहले ६० मेगावाट विद्यतु उत्पादन गर्ने

विराटनगर, माघ २४–मोरङका ६ वटा स्थानीय तहले सोलार प्यानलबाट ६० मेगावाटको बिजुली उत्पादन गर्ने भएका छन् । पहिलो चरणमा ६० मेगावाट बिजुली उत्पादन गर्ने गरी बेलायतको व्यकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता गरेको अन्तर स्थानियतह साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

सो कम्पनीसँग स्पेनको लियोनमा वैठक पछि सम्झौता गरिएको प्रमुख सुवेदीले जानकारी दिए । मोरङका बेलबारी, सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केराबारी र कानेपोखरी गाँउपालिकाले सोलार प्यानलको प्रयोगबाट बिजुली निकाल्नका लागेका हुन् । प्रत्येक स्थानीय तहले १०÷१० मेगावाट उत्पादन गर्नेे सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Featured