देश राजनीति

कैलालीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढी, माघ २४–कैलालीको धनगढीमा प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । पुर्वाग्राही भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ दलका नेतालाई जोगाउँदै अन्य विरुद्ध मुद्धा दर्ता गरेपछि त्यस्को विरोधमा नेपाल विद्यार्थी संघ कैलालीले मसाल जुलुससँगै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उप–सभापति विजय कुमार गच्छदार विरूद्ध मुद्दा दायर गरेर नियोजित रूपमा फसाइएको आरोप लगाईएको छ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छदार लगायत एक सय ७५ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री रहेका गच्छदारमाथि बाटो बिस्तार गर्ने क्रममा जग्गा हिनामिना गरेको आरोप लागेको हो ।

Featured