देश

बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुलीमा

काठमाडौं, माघ २४–लिटल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुगेको छ । करिब एक वर्षअघि सर्लाहीकी रिता बोट नाम गरेकी बालिका बेपत्ता बनाउने कार्यमा उनको संलग्नता रहेको उजुरीका आधारमा जिल्ला अदालत सर्लाहीको आदेश लिएर प्रहरीको टोली उनलाई पक्राउ गर्न सिन्धुली पुगेको हो ।

अदालतको आदेशपछि उनलाई पक्राउ गर्नका लागि प्रहरीको टोली गएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । उनको आश्रममा गएर प्रहरीले खोजी सुरु गरेपनि उनी फेला परेका छैनन् । आफूलाई तपस्वीका रुपमा चिनाएका बम्जनका आश्रममा जाने युवतीहरुसँग उनले अवैध सम्बन्ध राख्ने गरेको र वेपत्ता पार्ने गरेको आरोप लाग्दै आएको छ ।

Featured