देश

जमिम शाह हत्याका प्रमुख योजनाकार र सुटर अझै फरार

काठमाडौं, माघ २४–२४ माघ २०६६ मा उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहणको कार्यक्रम थियो । देशका उच्चपदस्थ व्यक्तिहरू शीतलनिवासमा भएकाले त्यस दिन लाजिम्पाट, महाराजगन्ज क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । तर, त्यही दिन एउटा घटनाले देशको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने उदांगो बनाइदियो । एक भारतीय समूहले लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा सञ्चार उद्यमी जमिम शाहमाथि गोली हानी हत्या गर्यो ।

शाह हत्याको शुक्रबार १० वर्ष पुगेको छ । यति लामो समयसम्म पनि त्यो घटनामा भएको कमजोरीबाट सरकारले पाठ सिक्न सकेको छैन नै, घटनाको अनुसन्धानसमेत अहिलेसम्म अधुरै छ । घटनाका मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन् भने छानबिन आयोगले सुरक्षा बलियो बनाउन दिएका सुझाबहरूसमेत कार्यान्वयन भएका छैनन् । नयाँ पत्रिकाबाट

Featured