देश

बदनियतले प्रेरित निर्णय, कांग्रेस भ्रातृ संगठन सडकमा

काठमाडौं, माघ २४–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ललितानिवास प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको आरोप लगाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि दिउँसो केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै जग्गा फिर्ता गर्न मन्जुर भएकै कारण नवीन पौडेलमाथि मुद्दा नचलाउने आयोगको निर्णयमाथि कांग्रेसले प्रश्न उठाएको हो।

उपसभापति गच्छदारमाथि आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनीतिक बदनियतले प्रेरित ठहर गर्दै कांग्रेसले यस्तो गतिविधिलाई आफ्ना नेता र कार्यकर्तामाथि झुटा मुद्दा लगाउने र हतोत्साहित गर्ने शृंखलाका रुपमा लिएको जनाएको छ। नेकपाका महासचिव विष्णु पौडेलले आफ्ना छोरा नवीन पौडेलका नाममा जग्गा लिएको तथ्य सिंगो देशलाई जानकारी भएको जनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही प्रकृतिमा अरुलाई मुद्दा चलाइनु तर पौडेललाई मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा निर्णय भएको प्रस्ट हुन्छ।’ नागरिक दैनिकबाट

Featured