देश

मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुने

काठमाडौं, माघ २४–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेसँगै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन गर्न प्रक्रिया अगाडि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागका अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएकाहरूको सम्पत्ति छानबिन थालिएको हो ।

अख्तियारले बुधबार जग्गा किनबेच प्रकरणमा मुछिएका १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सो प्रकरणमा मुछिएका पूर्वआयुक्त दीप बस्न्यातको सम्पत्ति रोक्का गरेर छानबिन गरिरहेको छ । पूर्वसचिवहरू छविराज पन्त र दिनेशहरि अधिकारी, सरकारी जग्गा व्यक्तिका नाममा लैजान मुख्य भूमिका खेल्ने व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीको सम्पत्ति पनि छानबिन हुने भएको छ । राजधानी दैनिकबाट

Featured