देश

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा अनुुसन्धानकर्ताको सहभागिता छ । सम्मेलनमा जैविक विविधताको महत्त्व चुुनौती तथा जैविक विविधितालाई मानव विकाससँग कसरी जोड्ने भन्ने विषयमा छलफल हुुने जनाइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले समग्र प्रदेशको विकास र समृद्धिका लागि वैज्ञानिकहरूको खोज तथा अनुुसन्धान उपयोगी हुुने भन्दै सम्मेलनबाट आएका उपलब्धिलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताए । मुुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रदेश सरकारले पाँचवटा अनुुसन्धान केन्द्र स्थापना गर्न लागेको र विभिन्न सामुुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए ।

वन तथा वातावरण मन्त्रालयकमा सचिव विश्वनाथ ओलीले जैविक विविधताको महत्वमाथि प्रकाश पारेका थिए । सम्मेलनमा जैविक विविधताको महत्व तथा चुुनौती सम्वन्धमा २ सय १५ वटा कार्यपत्र प्रस्तुुत हुुनेछ । वन तथा वातावरण मन्त्रालय, प्रदेश नं १ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय, नेपाल वनस्पति समाज तथा नेपाल जैविक समाज विराटनगरको आयोजनामा सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्ने जनाइएको छ ।

Featured