देश

उद्योगमन्त्री भट्ट सुदूरपश्चिम भ्रमणमा

धनगढी, माघ २३–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिमका औद्योगिक तथा वाणिज्य क्षेत्रको अवलोकन गर्न सुदूरपश्चिम भ्रमणमा आएका छन् । मन्त्रालयका उच्च पदाधिकारीसहित यस क्षेत्रका मुख्य औद्योगिक योजनाहरूको अध्ययनका क्रममा मन्त्री टोली यहाँ आएको हो । बिहीबार धनगढी पुगेका लेखराज भट्टले गेटा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस क्षेत्रमा रहेका विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्रहरूको अवलोकन गर्न मन्त्रालयको सचिवस्तरीय टोलीसहित सुदूरपश्चिम आएको बताए ।

उनले कैलालीको हरैयामा रहेको विशेष आर्थिक क्षेत्र (सेज), कन्चनपुरको छेलामा रहेका औद्योगिक क्षेत्र, दोधारा चाँदनीमा रहेका सुक्खा बन्दरगाहलगायत क्षेत्रको स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली लिएर आएको बताए ।

Featured