देश

रानाथारू आदिवासी जनजातिमा सूचिकृत

काठमाडौं, माघ २३–सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको रानाथारू समुदाय आदिवासी जनजातिमा सूचिकृत भएको छ । २०५७ सालदेखि संघर्ष गर्दै आएको यो समुदाय बल्ल आएर जनजातिमा सूचिकृत भएको छ । वर्तमान सरकारले रानाथारू समुदायलाई आदिवासी जनजातिका रूपमा अलग्गै पहिचान दिने निर्णय गरेको हो ।

यही २० माघमा बसेको मन्त्रिपरिषद् बैठकले रानाथारूलाई आदिवासी जनजातिको पहिचान दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयले रानाथारूलाई आदिवासी जनजातिमा सूचिकृत गरेको नेकपा नेता तथा प्रतिनिधिसभा सांसद नारमुनि रानाथारूले बताए ।

Featured