देश

सशस्त्रका आईजीपी खनालबाट डीआईजी दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, माघ २३–सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ५ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आईजीपी खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

यही १३ माघ बसेको मन्त्रिपरिषदको बैठकले एसएसपी कृष्णभक्त ब्रम्हचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेतलाई डीआईजी पदमा बढुवा गरेको थियो । दर्ज्यानी चिह्न प्रदान गर्दै आईजीपी खनालले आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा उद्धार कार्यमा सक्रिय रहन निर्देशन दिए ।

Featured