देश

कोरोनाको त्रासले विदेशी रोजगारदाताले श्रमिक लिन छाडे

काठमाडौं, माघ २३–एक महिनायता चीनमा देखिएको नोवेल कोरोना भाइरसले नेपालमा मात्र नभएर विश्वभर त्रास फैलिएको छ । यसको असर नेपालको श्रम बजारमा समेत देखापर्न थालेको छ । नेपालमा निर्माणाधीन ठूला आयोजनामा काम गर्ने विदेशी श्रमिक कोरोना भाइरसका कारण आउन छाडेका छन् । कोरोना भाइरसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा समेत पर्न थालेको रोजगार व्यवसायी बताउँछन् ।

नेपालका मुख्य रोजगारदाता देशका कम्पनीले कोरोना भाइरसको कडा स्वास्थ्य जाँच गरेर मात्र श्रमिक रोजगारीका लागि पठाउन आग्रह गर्न थालेको म्यानपावर कम्पनीहरूले जानकारी दिए । मलेसिया, कतार, ओमान र चीनसँग सीमा जोडिएका देशका रोजगारदाता कम्पनीले तत्काल श्रमिक नपठाउन सन्देश पठाउन थालेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाले बताए ।

Featured