देश

निलम्बित न्यायाधीशको इजलासमा मुद्दाको पेसी

काठमाडौं, माघ २३–भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्धा दर्ता भएका जिल्ला न्यायाधीश विनोद कुमार गौतम पदवाट स्वतः निलम्बित भएका छन् । तर चितवन जिल्ला अदालतले भने न्यायाधीश गौतमको इजलासमा मुद्धा सुनुवाई तोकेको छ । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा न्यायाधीश गौतमविरुद्ध हिजो विशेष अदालतमा मुद्धा दायर भएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश गौतमविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैंया बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । भ्रष्टाचार निवारण ऐन र न्यायापरिषद ऐनले भ्रष्टाचार अभियोगमा मुद्धा दर्ता भएका सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्वन हुने व्यवस्था गरेको छ । तर जिल्ला अदालत चितवनले भने गौतमको इजलासमा तीनवटा मुद्धा सुनुवाईको पेशी तोकेको छ ।

उनको इजलासमा लागु औषध, सम्वन्ध विच्छेद र लेनदेनसम्वन्धि तीनवटा मुद्धा सुनुवाईका लागि तोकिएको छ । गौतमले भौतिक योजना तथा निर्माण मन्त्रालयको कानुनतर्फको उपसचिवको पदीय हैसियतमा रहँदा ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको अख्तियारको ठहर छ ।

Featured