देश

कोहलपुर नगरविकास समितिको कार्यालयमा तालाबन्दी

कोहलपुर, माघ २३–कोहलपुर नगरविकास समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । समितिले आफ्नो नामको घडेरी बिक्री गर्न सूचना आह्वान नै गरेर पैसा बुझे पनि दुई वर्षसम्म खरिदकर्तालाई घडेरी उपलब्ध गराएको छैन । लामो समयसम्म पनि नगर विकासले पैसा लिएर घडेरी खाली गराउन नसकेपछि पिडितहरुले बुधबार समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् । २०७४ असोज २३ गते समितिले घडेरी बिक्रीको बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको थियो ।

समितिले उक्त समयमा दोस्रो र तेस्रो चरणका २० वटा घडेरी बिक्री वितरण गर्ने भन्दै बोलपत्र आह्वानको सूचना जारी गरेको थियो । बोलपत्र आह्वानको माध्यमबाट छनोट भएका व्यक्तिहरुलाई समितिले घडेरी बिक्री र्गयो । तर समितिले रकम बुझे पनि अहिलेसम्म आधा मात्रै खरिदकर्तालाई घडेरी उपलब्ध गराएको छ ।

उती बेला बिक्री गरिएका २० वटा घडेरी मध्ये समितीले दुई वर्षसम्म पनि ११ जना घडेरी धनिहरुलाई घडेरी उपलब्ध गराउन सकेको छैन । सूचना निकालेर बिक्री गरेका १० वटा विभिन्न प्लट नम्बरका घडेरीहरुमा अवैध रुपमा टहरा बनेकाले घडेरी धनीहरुले आफुले खरिद गरेको घडेरी पाउन सकेका छैनन् ।

Featured