विदेश

यात्रुबहाक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा, तीन जनाको मृत्यु

एजेन्सी, माघ २३–टर्कीमा एउटा यात्रुबहाक विमान धावनमार्गबाट चिप्लिएर तीन टुक्रा भएको छ । विमान अवतरणका क्रममा टर्कीको इज्मिर प्रान्तको साबिहा गोक्सेन विमानस्थलमा धावनमार्गबाट बाहिर जाँदा दुर्घटना भएको हो ।

सो विमानमा १ सय ७१ जना यात्रु र चालक दलका ६ सदस्य रहेका थिए । धावनमार्गबाट बाहिर गएको विमान तीन टुक्रा भएको थियो । सो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य १५० जना घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । बोइङ ७३७ विमान समान दिशामा हावा र वर्षा भइरहेका बेला अवतरण गर्न खोजेको थियो । विमानमा अधिकांश यात्रु टर्किस भएको बताइएको छ ।

Featured