देश

लुम्बिनी प्रादेशिक अस्पतालका व्यवसायिक सटर भत्काइयो

बुटवल, माघ २३–लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेश गौरवको आयोजनाका रुपमा अगाडि बढाउन थालेको छ । पटक–पटक सूचना जारी गरेर व्यावसायीलाई सटर खाली गर्न अनुरोध गरेपछि पनि अटेरी गरेका कारण बिहीबार बिहानै डोजर चलाइएको हो । अस्पतालका ७३ वटा व्यावसायिक सटरहरु छन् ।

जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटम उपर पनि व्यासायिहरुले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । अहिले डोजरमार्फत सटर भत्काउने थालिएको छ ।

Featured