खेलकुद विदेश

बायर्न सुपरकपको क्वाटरफाइनलमा, लेवान्डोस्कीको दुई गोल

एजेन्सी, माघ २३–बायर्न म्युनिखको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यो सिजन लगातार गोल गर्दै आएका उनले गएराति दुई गोल गरेसँगै जारी सिजनमा गोलसंख्या ३५ पुर्याएका छन् । पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले ३६ र ८० औं मिनेटमा गोल गरे । यस्तै थोसम मुलरले टिमका लागि २० औं मिनेटमा गोल गरेका थिए । खेलको ८ औं मिनेटमा बार्यनका बोएटेङ्गले आत्मघाती गोल गरेपछि होफेनहेमले अग्रता लिएको थियो । १२ औं मिनेटमा होफेनहेमका हुब्नरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आयो ।

होफेनहेमका लागि डाब्बुरले ८२ औं तथा इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । लेवान्डोस्कीले यो सिजनका मात्रै २९ खेलमा ३५ गोल गरिसकेका छन् । उनले बार्यनका पछिल्ला चार खेलमा लगातार गोल गरेका छन् ।

Featured