देश

अब निजगढमा विमानस्थल बन्छ : मन्त्री भट्टराई

काठमाडौं, माघ २२–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थलसम्बन्धी विवादहरू समाधान भएको दाबी गरेका छन् । बुधबार राजधानीमा देशभरका विमानस्थलहरूको अवस्था र कार्य प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री भट्टराईले निजगढ विमानस्थलसम्बन्धी विवाद सल्टिएको दाबी गरेका हुन् ।

२४ लाख रुख काटिने विषय सार्वजनिक भएपछि पर्यावरणवादीले सर्वोच्चमा रिट हालेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २० मंसिरमा रुख नकाट्न अन्तरिम आदेश दिएको थियो । दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजनाले १ लाख २८ हजार रुख मात्रै काट्दा विमानस्थल तयार हुने जनाएको छ ।

Featured