खेलकुद देश

अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई चार स्वर्ण

काठमाडौं, माघ २२–चौथो अन्तराष्ट्रिय कराते प्रतियोगितामा २०२० मा नेपाल दोस्रो भएको छ । चार स्वर्ण, एक रजत र एक कास्य पदक हात पार्दै नेपाल दोस्रो भएको हो । भारतको विशाखापट्टनम १ र २ फेब्रुअरीमा भएको प्रतियोगितामा नेपाल दोस्रो भएको हो । स्वर्ण पदक हात पार्नेमा पुरुषोत्तम पोखरेल, नानुमाया राई, जेसिका खत्री र टसि छिरिङ लामा रहेका छन् । त्यस्तै, लक्ष्मी तामाङले रजत र भक्तबहादुर थापामगरले कास्य हात पारेका हुन् ।

५ राष्ट्र सहभागी प्रतियोगितामा भारत पहिलो, नेपाल दोस्रो, बंगलादेश तेस्रो भएको हो । प्रतियोगितामा ७ सय खेलाडीको सहभागिता थियो । टोली मंगलबार बेलुका स्वदेश फर्किएको छ । टोलीका प्रशिक्षक हरिशरण केसीले अझै ठूला प्रतियोगिता जित्नका लागि हौसला बढेको बताए ।

Featured