देश

२५ माघदेखि मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

मोरङ, माघ २२–२५ माघदेखि मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि फागुन दोस्रो सातासम्म औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि नवौँ चरणमा खुवाइँदै छ ।

अभियानअन्तर्गत मोरङका १७ वटै स्थानीय तहका करिब ९ लाख २४ हजार ५ सय ६२ जनालाई औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । यस पटकको अभियानमा घरघरमा गएर पनि औषधि खुवाउने कार्यक्रम छ । जसका लागि ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटिने भएका छन् ।

Featured