देश राजनीति

तरुण दल गठनको विवादले कांग्रेस बैठक स्थगित

काठमाडौं, माघ २२–भोलि (बिहीबार) का लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ । शीर्ष नेताहरूबीच भएको सहमति कार्यान्वयनको विषयमा विवाद भएपछि बैठक २७ माघमा बस्ने गरी स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘पार्टी नेताहरूबीच केन्द्रीय कार्यसमिति बैठकले सम्पादन गर्नुपर्ने कार्यका विषयमा थप समय आवश्यक भएकाले बैठक सोमबारसम्मका लागिस्थगित गरियो,’ प्रवक्ता शर्माले भने ।

पार्टीका शीर्ष नेताहरूबीच पार्टीको आगामी १४औं महाधिवेशनको विषयलाई लिएर विवाद र असहमति बढ्दा विगत दुई महिनादेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदै स्थगित हुँदै आएको छ । पछिल्लो समय १० माघमा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताको अनौपचारिक बैठकले विवादको निकास दिएको थियो ।

Featured