देश

सांगीतिक कार्यक्रममा मेरो अनुपस्थितिले कुनै अर्थ राख्दैन : प्रचण्ड

पोखरा, माघ २२सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा भएको सांगीतिक कार्यक्रममा आफ्नो अनुपस्थितिको कुनै अर्थ नखोज्न आग्रह गरेका छन् । बुधबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कार्यक्रममा आफ्नो अनुपस्थिति संयोग मात्र भएको बताएका हुन् ।

उक्त कार्यक्रमबारे आफूलाई पहिले नै जानकारी भएको उनले बताए । ‘हिजो बिहान म बालुवाटारमै थिएँ । प्रधानमन्त्रीजीले यहाँ भरै सानो कार्यक्रम छ, तपाईं आउनुपर्याे भन्नुभएको थियो’, प्रचण्डले भने, ’म पोखरा आउनुपर्ने थियो । यो संयोगबाहेक केही होइन, कुनै अर्थ नखोज्नुहोला। दुःख मात्रै हुन्छ ।’

मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानको सहकार्यमा बालुवाटारमा मंगलबार साँझ भएको सांगीतिक साँझमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाएको र पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारङ्गी रेटिरहेको तस्वीरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

Featured