देश

बाजुरामा रुघाखोकीबाट २ जनाको मृत्यु

बाजुरा, माघ २२–बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका– ६ बोल्डिकमा फैलिएको रुघाखोकी नियन्त्रण हुन सकेको छैन । रुघाखोखी आसपासका अन्य गाउँपालिकामा समेत फैलिन थालेको छ । रुघाखोकीका कारण २ जनाले ज्यान गुमाएका छन् । रुघाखोकीका कारण स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुका ९० वर्षीया दल रावल र सोही गाउँकी ५५ वर्षीया प्रेमा कडाराको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले बताए ।

एक सातादेखि फैलिएको रुघाखोकीले गाउँ नै प्रभावित भएको छ, जसका कारण हिमालीमा २ सय ५० जना र स्वामीकार्तिक खापार गाउँपालिकामा ४० जना बिरामी परेका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रुघाखोकी नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय बाजुराले १ जना डाक्टरसहित ३ जनाको टोली प्रभावित क्षेत्रमा पठाएको छ ।

Featured