देश

चितवनका जिल्ला न्यायाधीश गौतम निलम्बित

काठमाडौं, माघ २२–ललिता निवासको जग्गा अनियमितता प्रकरणमा एक न्यायाधीशविरुद्ध पनि मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला न्याायाधीश विनोकुमार गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

हाल चितवन जिल्ला अदालतमा कार्यरत गौतमविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ । गौतमले भौतिक योजना तथा निर्माण मन्त्रालयको कानुनतर्फको उपसचिवको पदीय हैसियतमा रहँदा ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको अख्तियारको ठहर छ । न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउन नसक्ने भए पनि गौतमलाई तत्कालीन उपसचिवको हैसियतमा अख्तियारले मुद्दा चलाएको हो । मुद्दा दर्ता भएसँगै गौतम स्वतः निलम्बनमा परेका छन् ।

Featured