खेलकुद देश

नेपाल ओमानसँग १८ रनले पराजित

काठमाडौं, माघ २३–क्रिकेट विश्वकप लिग २ खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

१ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो ।लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ७ खेल खेलिसकेको छ । ओमान ५ जितका साथ ७ राष्ट्र सहभागिता प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । नेपालका शरद भेषवाकरले ५५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १ र पूर्व कप्तान पारस खड्कालाई ३ रनमा गुमाएको नेपालबाट दीपेन्द्रसिंह ऐरी ३६, आरिफ शेख ६ रनमा आउट भए ।

Featured