देश राजनीति

डिल्लीबजार कारागार पुगेर वैद्यले भेटे महरा

काठमाडौं, माघ २२–पूर्वसभामुख कृष्णबहादुर महारा भेट्न नेकपा क्रान्तिकारी (माओवादी) का महासचिव मोहन वैद्य ’किरण’ डिल्लीबजार कारागार पुगेका छन् । उनी बुधबार दिउँसो ३ बजे महरा भेट्न डिल्लीबजार कारागार पुगेको कारागार स्रोतको भनाइ छ । करिब १ घण्टाको भेटघाटमा किरणले महराको मुद्दाका बारेमा कुराकानी गरेको कारागार स्रोतको भनाइ छ ।

यसअघि महरालाई भेट्न सोमबार मात्र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराई कारागार पुगेका थिए । किरण र भट्टराई डिल्लीबजार कारागार पुग्दा नेकपाका शीर्ष नेता भने अझैसम्म महरालाई भेट्न गएका छैनन् । महरा संसद् सचिवालयकी महिला कर्मचारी रोशनीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । महरा १९ असोजमा सभामुख निवासबाटै पक्राउ परेका थिए ।

Featured