खेलकुद देश

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा

सुर्खेत, माघ २२–दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने तयारी सुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बहुउद्देश्यीय रंगशाला निर्माणको डीपीआर तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुदका लागि रंगशाला, कभर्ड हल र स्वीमिङ पुलसहितको बहुउद्देश्यीय रंगशाला निर्माणको डीपीआर तयार पारेको हो ।

डीपीआरमा हालको वीरेन्द्रनगर–८ को खजुरा रहेको रंगशालामा कभर्ड हल, फुटबल रंगशाला र स्वीमिङ पुल निर्माण गर्ने गरी डीपीआर तयार पारिएको राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर विश्वामित्र संज्यालले बताए ।

Featured