विदेश

रुसी सेनाको हवाई कारबाहीमा ९ सर्वसाधारण मारिए

एजेन्सी, म्ँघ २२–सिरियाको इदलिब प्रान्तमा रूसी सेनाले गरेको हवाई कारबाहीमा परी ९ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । विद्रोहीलक्षित सो कारबाहीमा परी कम्तीमा ९ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो । रूसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेको मानवअधिकारवादी संघसंस्थाहरूले जानकारी दिएका छन् ।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इदलिब क्षेत्रमा केही समययतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको जनाएको छ । सो आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरूले यस हवाई आक्रमण रूसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । सिरियाली सरकारको सहयोगमा रूसमा विद्रोहीलाई लक्ष्य गरी रूसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । वर्षौँदेखि जारी गृहयुद्धका क्रममा सिरियामा हालसम्म ३ लाख ७० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ ।

Featured