खेलकुद देश

विश्व वरियतामा नेपाली महिला भलिबल ८७औं स्थानमा

काठमाडौं, माघ २२–अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औं स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औं स्थान हासिल गरेको हो ।

एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अंक रहेको छ । त्यस्तै नेपाली महिला भलिबल टोलीले बंगलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो । त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो । त्यसैगरी वरियता क्रममा भारत ९७ अंकसहित ५४औं स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ ।

३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अंक रहेको अमेरिका दोस्रो तथा ३२८ अंक रहेको ब्राजिल तेस्रो स्थानमा छ । यस्तै इटाली चौथो, टर्की पाँचौं, सर्विया छैटौं जापान सातौं, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौं र दक्षिण कोरिया दशौं स्थानमा छन् । रासस

Featured