खेलकुद विदेश

लिभरपुल एफए कपको पाँचौँ चरणमा, चेल्सीसँग खेल्ने

एजेन्सी, माघ २२–लिभरपुल एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको चौथो चरणको रिप्ले अन्तर्गतको खेलमा लिग वान क्लब श्रीवसबरीलाई १–० ले पराजित गरेर लिभरपुलले पाँचौँ चरणमा स्थान बनाएको हो।

युवा खेलाडीले भरिएको लिभरपुलका लागि श्रीवसबरीका विलियम्सले ७५ औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । पाँचौँ चरणमा लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ । गएराति नै भएका खेलमा जित हात पार्दै डर्बी काउन्टी, बर्मिङघम, रिडिङ, र न्युकासल युनाइटेड पनि पाँचौ चरणमा पुगेका छन् ।

Featured