देश

‘पैसाको मुठो आएपछि सुनको औँठी लगाएँ’

काठमाडौं, माघ २२–चालीस वर्षअघि हेमबहादुर झेडीमगर ३१ वर्षका थिए । सानै थिए छोराछोरी । गाउँले साथीभाइ धेरैजसो लाहुरतिरै थिए । कोही साथी पोखरा थिए त कोही तराईका जंगल फाँड्न झरेका थिए । साथीभाइले हेमबहादुरलाई पनि उक्साउँथे, कति दुःख बेसाउने हो गाउँमा रु खै किन हो, हेमबहादुर गाउँमै रमाए ।हेमबहादुरले सोचे, गाउँमै केही नगरी भएन । त्यसपछि दमौली झर्नुभएका हेमबहादुरले एक हजार मिटर जति पाइप खरिद गरे । भारी कसेर लागे उकालो । जसोतसो पाइप जोडजाड गरेर बारी कान्लामा पानी झारिछाडे ।

त्यसपछिका दिनमा तरकारी र फलफूल खेतीमा दैनिकी बिताउँदै आएका हेमबहादुर माघ १९ गते ऋषिङ गाउँपालिका भवन कोटदरबारअगाडि काउली जोख्दै भेटिए । किलोको ७० रुपियाँमा काउली बेच्दै गर्दा भेटिएका हेमबहादुरले भने, ‘के गर्ने हजुर, यस्तै कर्म जानियो, दुःखिया काम ।’ गोरखापत्र दैनिकबाट

Featured