देश

प्रहरी बढुवामा सर्वोच्चको आदेश अवज्ञा

काठमाडौं, माघ २२–सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डिआइजी) को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ । नेपाल प्रहरीमा भने वरिष्ठ अधिकृत तहका दर्जनौँ पद रिक्त भएको महिनौँ बित्दा पनि बढुवा हुन सकेको छैन । सर्वोच्च अदालतले पद रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई दुई वर्षअघि निर्देशन दिएको थियो ।

तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको थियो । तर, सो आदेशको गृह मन्त्रालयले अवज्ञा गरेको छ । हाल नेपाल प्रहरीमा एक डिआइजी, नौ एसएसपी, १५ एसपीको तथा ४५ डिएसपीको पद रिक्त छन् । महिनौँदेखि रिक्त रहेका पदमा बढुवा नहुँदा एकातर्फ प्रहरीको कामकारबाही प्रभावित भएको छ भने अर्कोतर्फ प्रहरी अधिकारीहरूको करिअरमा समेत असर पुगेको छ । यसले संगठनमै नैराश्यता बढाएको प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ पत्रिकाबाट

Featured