देश शिक्षा

एक सातादेखि ठप्प पीएन क्याम्पसको पठनपाठन सुचारू

पोखरा, माघ २१–गण्डकी प्रदेशकै ठूलो पृथ्वीनारायण (पीएन) क्याम्पसको पठनपाठन सुचारू भएको छ । क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरू करार नियुक्तिको माग गर्दै एक सातादेखि कक्षा बहिष्कार गर्दै आएका थिए ।

आशिंक शिक्षकहरूको कक्षा बहिष्कारका कारण एक साता क्याम्पसको पठनपाठन पूर्ण रूपमा वन्द थियो । आशिंक प्राध्यापकहरूले आन्दोलनमा उठाएका मागप्रति त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आशिंक प्राध्यापक संघका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्तामार्फत समस्या समाधान गर्न सहमति भएपछि शिक्षकहरूले तत्कालका लागि आन्दोलन स्थगित गरिएको आशिंक प्राध्यापक संघका अध्यक्ष सुनील गौतमले जानकारी दिए ।

Featured