देश

हत्या गरी जलाएको अवस्थामा एक व्यक्तिको शव फेला

विराटनगर, माघ २१–झापाको बिर्तामोडमा हत्या गरी जलाएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापका अनुसार बिर्तामोड–२ चारपानेस्थित ऐनकुमार राजवंशीको परालको माचमा आगो लगाएर जलाएको अवस्थामा शव भेटिएको हो । सोमबार राति परालको माचमा आगो लागेको थियो । आगो लागेको ठाउँमा बिहान हेर्दा वरिपरी रगत देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले आगलागी भएको माचभन्दा एक सय मिटर पूर्वमा मकै खेतमा पुरुषको लिंग जस्तो देखिने मानव अंग फेला पारेको छ । ती व्यक्तिको हत्या भएको निष्कर्षमा पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतकको सनाखत हुने सकेको छैन ।

Featured