देश

चीनबाट फर्किन चाहनेलाई तत्काल ल्याउँछौँः ढकाल

काठमाडौं, माघ २१–स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल आउन चाहने चीनको वुहान प्रान्तका १ सय ८० जना विद्यार्थीले फर्म भरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा सदनलाई जानकारी दिँदै उनले आवश्यक परेको खण्डमा नेपाल ल्याउन ढिलाइ नगर्ने बताए ।

उनले ती विद्यार्थीलाई चीनमै चेकजाँच गरेर मात्र नेपाल ल्याइने भन्दै संक्रमित नभएको प्रस्ट भएपछि मात्र नेपाल ल्याउने बताए । उनले वुहानमा हवाई र यातायात सेवा बन्द भएकाले कसरी हवाई सेवासम्म ल्याउने भनेर दूतावासले काम गरिरहेको बताए । संक्रमितहरूलाई नेपाल ल्याएपछि अलग राखेर उपचार गर्नुपर्छ र १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्छ । अनि मात्र ती व्यक्तिलाई परिवारमा जान दिने बताए ।

Featured