देश

डडेल्धुरामा छोरीमाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

डडेल्धुरा, माघ २१–डडेल्धुरामा छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। विगत ६ महिनादेखि १६ वर्षीय छोरीलाई धम्की दिएर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको न्यौपानेले बताए । पक्राउ परेका उनीमाथि जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी मंगलबार डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

Featured