देश

रकम भुक्तानी माग गर्दै प्रदेशसभा भवनबाहिर धर्ना

जनकपुर, माघ २१–प्रदेश २ को प्रदेशसभाले दोस्रो वार्षिकोत्सव समारोह मनाइरहेका बेला उपभोक्ता समितिका सदस्यहरू भने प्रदेशसभा भवनबाहिर धर्नामा बसेका छन् । प्रदेश सरकारले पछिल्लो आर्थिक वर्षमा सम्पन्न योजनाहरूको भुक्तानी नगरेको भन्दै उपभोक्ताले प्रदेशसभा भवनबाहिर धर्ना दिएका हुन् ।

सरकारसँग भएको सम्झौताअनुसार निर्माण कार्य सम्पन्न भइसक्दा पनि भुक्तानी नभएको भन्दै उपभोक्ताहरू केही सातादेखि आन्दोलनमा छन् । सरकारले वक्यौता रकम भुक्तानी नगरेपछि ठूलो समस्यामा परेको उपभोक्ता एवम् राजपा नेता रोशनसिंह राणाले बताए । भुक्तानीको सम्बन्धमा मुख्यमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरूले पटक पटक झुटो आश्वासन मात्र दिने गरेको उनको गुनासो रहेको छ

Featured