देश

हेटौँडामा पक्की सडक निर्माण कार्य सुरु

हेटौंडा, माघ २१–बागमती प्रदेशको राजधानी हेटौँडा कायम भएपछि हेटौँडा उपमहानगरपालिकाले नगरक्षेत्रभित्र पक्की सडक निर्माण प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाएको छ । उपमहानगर क्षेत्रमा उपभोक्ता समिति तथा ठेकेदारमार्फत सडक निर्माण कार्य प्रारम्भ गरिएको हो ।

हेटौँडा उपमहानगर क्षेत्रमा रहेको कच्ची तथा ग्राभेल र भत्किएर पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेका पक्की सडकलाई भत्काउँदै पक्की बनाउने योजनाअन्तर्गत काम धमाधम सुरु गरेको छ । उपमहानगरपालिकाका अनुसार हेटौँडा–५ को भैरवरोड चिसापानी सडकमा स्ल्याब ढलान सुरु भएको छ । कुल ३० लाख ८३ हजार रुपैयाँको लागतमा सो सडक निर्माण हुन लागेको हो ।

Featured