देश

भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुला, दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दुहूँ गाउँपालिका–३ का ४५ वर्षीय धनपति कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा सोमबार साँझतिर महाकाली नगरपालिका वडा नम्बर–१ को कलौन भीरबाट लडेर ज्यान गएको हो । कार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Featured