देश

बीमा कम्पनीको जोखिम सुपरीवेक्षणको बाटो खुल्यो

काठमाडौं, माघ २१–बीमा समितिको ‘जोखिममा आधारित गैरस्थल सुपरीवेक्षण कार्य्विधि २०७६’ पारित भएको छ । समितिले कार्य्विधि पारित गरेसँगै बीमा कम्पनीहरूको जोखिम सुपरीवेक्षण गर्ने बाटोसमेत खुलेको छ । बीमा कम्पनीहरूको सूक्ष्म निगरानीका लागि जोखिममा आधारित सुपरीवेक्षण गर्नका लागि कानुनी आधार पनि तयारी भएको समितिले जनाएको छ ।

कार्य्विधि पारित भएसँगै समितिले बिमा कम्पनीहरुको पाँचवटा जोखिममा सुपरीवेक्षण गर्ने सक्ने जानकारी दिएको छ । बीमा जोखिम, मार्केट (बजार) जोखिम, तरलता जोखिम, क्रेडिट (ऋण) जोखिम, र अपरेसनल (सञ्चालनं) जोखिममा सुपरीवेक्षण गर्ने पाउने कार्य्विधिमा उल्लेख छ ।

बैंकको ब्याजदर, विनियम दरमा हुने घटबढ, कम्पनी व्यवस्थापन, अनुगमन, बिमा कम्पनी सञ्चालक समितिको अवस्था, कम्प्लायन्स अफिसर (अनुपालक अधिकृत)को व्यवस्था, कर्मचारीको सेवा–सुविधालगायतका विषयमा समितिले कार्य्विधिअनुसार अनुगमन गर्नेछ ।

Featured