देश

देशभरि दुई हजार बढी पुल निर्माणधीन

काठमाडौं, माघ २१–प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ । डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका पुलहरूको विवरण तथा समस्या समाधानका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा सोमबार बसेको समितिको बैठकले विस्तृत छलफलपछि यस्तो निर्देशन दिएको होे । त्यसैगरी निर्माणधीन अवस्थामा रहेका कतिपय पुलहरूको डिजाइनमा नै समस्याग्रस्त देखिएकाले आगामी दिनमा निर्माण गरिने पुलहरू ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अगाडि बढाउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै निर्माण प्रक्रियामा रहेका निर्माणाधीन रही बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरूको अवस्था यकिन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी स्रोत जुटाई सम्पन्न गर्न समितिले सो मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । गोरखापत्र दैनिकबाट

Featured