देश शिक्षा

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

रोल्पा, माघ २१–जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन् । आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन् । झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन् । लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी हुन् ।

पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन् । हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनले सुनाउँछिन् । ‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्नेपढ्ने उमेरमा बच्चा हुर्काउनुपरेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनी जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन् ।

Featured