देश

भन्सार एजेन्टको आन्दोलनले राजस्व प्रभावित

वीरगन्ज, माघ २१–भन्सार एजेन्ट संघको आन्दोलनले वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । भन्सार जाँचपास तथा ट्रयाकिङ प्रणालीको व्यवस्थाले भन्सार क्षेत्रबाट पास भएका मालसामान बाटोमा धरपकड गर्ने तथा भन्सार एजेन्ट र प्रतिनिधिहरुलाई पत्रचार गरेर मानसिक तनाव दिने गर्दा भन्सार एजेन्टहरु प्रताडित भएको भन्दै त्यसको विरोधमा भन्सार एजेन्ट संघले सोमबारदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएपछि भन्सार असुली प्रभावित भएको हो ।

भन्सार एजेन्ट संघको आन्दोलनले कुनै पनि मालसामान पास नभएपछि वीरगन्जको सुक्खा बन्दरगाह भन्सार कार्यालय र एकीकृत भन्सार जाँच चौकी (आइपीसी) को राजस्व असुली प्रभावित भएको छ । कारोबार दैनिकबाट

Featured