देश

नक्कली पासपोर्टसहित म्यानमार जान लागेका २ नेपाली महिला पक्राउ

काठमाडौं, माघ २१–नक्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान खोज्ने दुई जना नेपाली महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

समाचारमा उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । उनीहरुलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तराष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका थिए । उनीहरुविरुद्ध मणिपुरको सीमावर्ती सहर मोरेह प्रहरी स्टेसनमा घटनाबारे उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । एजेन्सी

Featured