देश

वडाध्यक्ष धामीको रहस्यमय मृत्यु

अछाम, माघ २१–अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका छन् । अछामका प्रहरी प्रमुख जनक शाहीले पञ्चदेवल नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ । प्रहरी र आफन्तले वडाध्यक्ष धामीको हत्या गरिएको आशंका गरेका छन् । अनुहारभरि गम्भिर चोट देखिएकाले रहस्यमय ढंगले हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । धामी कांग्रेसबाट स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए।

Featured