देश

एक सिलिन्डर ग्याँस भर्न साढे १२ हजार

सुर्खेत, माघ २१–एक सिलिन्डर ग्याँसको मूल्य कति पर्ला । जस्तोसुकै दुर्गम भए पनि तीन हजार, चार हजार वा पाँच हजारसम्म । तर एक सिलिन्डर ग्याँस भर्न साढे १२ हजार रुपैयाँ ! हाम्रै नेपालमै ग्याँस भर्न मात्रै यति धेरै मूल्य । सुन्दा अचम्म लाग्नसक्छ । हो हाम्रै नेपालको हुम्लामा सिलिन्डरसहित पनि होइन भर्न मात्रै १२ हजार ५ सय रुपैयाँ तिर्नपर्छ । सडक सञ्जालले नजोडिएको हुम्ला सदरमुकाम सिमकोटमा ग्याँसको यति धेरै मूल्य हुँदा सर्वसाधारणले ग्यास प्रयोग गर्ने सामाथ्र्य राख्न सक्ने अवस्था छैन ।

भारी हिमपातपछि दाउरा अभाव हुँदा ग्याँसको मूल्य आकाशिएको हो । खच्चडबाट ढुवानी भएको ग्याँसको मूल्य यति धेरै भएको हो । सडक सञ्जालले छोएको मुगुको गमगढीमा एक सिलिण्डर ग्याँसको रुपैयाँ मुगुको गमगढीबाट व्यापारीहरूले चार हजार रुपैयाँ किनेर हुम्लामा प्रतिसिलिण्डरको १२ हजार पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।

Featured