देश

फिट एन्ड फाइनका सञ्चालक बस्नेतविरुद्ध पाँच दिन म्याद थप

काठमाडौं, माघ २०–ललितपरको फिट एन्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरका सञ्चालक जूना बस्नेतविरुद्ध अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ । पीडित पक्षको उजुरीका आधारमा लापर्बाहीमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले अनुसन्धानका लागि माग गरेबमोजिम अदालतले म्याद थप गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डिएसपी) मित्रबन्धु शर्माले जानकारी दिए ।

फिट एन्ड फाइनले सञ्चालन गरेको साउनमा वाफ लिइरहेका एक दम्पतीको माघ १५ गते राति निसासिएर मृत्यु भएको थियो । साउनामा निसासिएर पूर्वमन्त्री थममाया थापाका स्वकीय हस्त गर्बुजा पुन मगर र उनकी श्रीमती नेत्रकुमारी मगरको मृत्यु भएको हो । साउनमा गएको तीन घण्टासम्म ननिस्किँदा पनि जिम सेन्टरले वास्ता नगर्नु लापर्बाही भएको मृतकका आफन्तको आरोप छ । सञ्चालिका बस्नेतविरुद्ध उनीहरूले प्रहरीमा पुरक उजुरी दर्ता गरेपछि प्रहरी अनुसन्धान अघि बढाएको थियो ।

Featured