देश

नेपाल बाल संगठनलाई मन्त्रालयमातहत ल्याउन समितिको निर्देशन

काठमाडौं, माघ २०–प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको चल, अचल सम्पूर्ण सम्पत्ति एवं बालबालिकाको संरक्षकत्व यथाशीघ्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहत ल्याउन निर्देशन दिएको छ ।

नेपाल बाल संगठनका पदाधिकारीसँगको छलफलपछि समितिले प्रदेशगत र स्थानीय तहगत रूपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको हो । ५ दशक लामो इतिहास भएको नेपाल बाल संगठनले थुप्रै बालबालिकाको संरक्षकत्व निर्वाह गर्दै आए तापनि परिवर्तित शासन प्रणालीअनुरूप परिमार्जन हुन नसकेको समितिको ठम्याइ छ ।

बैठकले संघीय संरचनाअनुसार बन्ने सम्पूर्ण संरचनालाई बालबालिकामैत्री बनाउन, न्यूनतम मापदण्ड पूरा गरेर मात्र बालगृह खोल्न, स्वास्थ्य, शिक्षालगायत न्यूनतम आधारभूत आवश्यकता पूरा एवं नियमित गर्ने कार्य अघि बढाउन मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।

Featured